२०८३ साउन १८ गते सोमवार

३ हजार ३ सय बढि लागुऔषध कारोबारी पक्राउ

दाङ,१८ साउन ।  तीन महिनाको अवधिमा प्रहरीले ३ हजार ३१६ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । वैशाख १ देखि असार मसान्तसम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् । जसमध्ये लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, काठमाडौंबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना पक्राउ परेका छन् । त्यसैगरी गण्डकी प्रदेशबाट १ सय ८९ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् । सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो, ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम बरामद भएको छ ।

चरेस ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम, अफिम १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम बरामद गरिएको छ ।नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल, फेनारगन १६ हजार ६ सय ५४ एम्पुल, बुप्रेनोर्फिन ८ हजार १ सय ३० एम्पुल बरामद गरेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया