२०८३ असोज ७ गते बुधवार

आज सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१८ साउन । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो ४५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।