२०८३ असोज ६ गते मङ्गलवार

पेट्रोल–डिजेलको भाउ बढ्यो

दाङ,१८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको हो ।पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले भाउ बढेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ काठमाण्डौ, पोखरा र दिपायलमा लिटरको २०० रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरी सिलिण्डरको २ हजार ६० रुपैयाँ नै कायम छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।