२०८३ साउन १८ गते सोमवार

तुलसीपुरमा महिला बालबालिका सम्बन्धी सबैभन्दा धेरै उजुरी दर्ता

फोटो फाईल

दाङ ,१७ साउन । दाङमा महिला तथा बालबालिका सम्बन्धीका सवैभन्दा धेरै उजुरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता भएको एक तथ्याङले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको बार्षिक प्रगती प्रतिवेदन अनुसार महिला तथा बालबालिका सम्बन्धीका उजुरीका निवेदन सवैभन्दा धेरै तुलसीपुरको ईप्रकामा दर्ता भएका छन् । ईलाका प्रहरी कार्यालयमा एक वर्षको अवधीमा महिला तथा बालबालिका सम्बन्धीका ६९२ वटा उजुरी दर्ता भएका थिए ।

यस्तैगरी जिल्ला प्रहरी कार्यालयमा ६१७ वटा , ईलाका प्रहरी कार्यालय गढवामा १०१ वटा, ईलाका प्रहरी कार्यालय भालुवाङमा ७९ वटा उजुरी दर्ता भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यस्तै पश्चिम दाङको ईलाका प्रहरी कार्यालय खिलतपुरमा ६२ वटा, वडा प्रहरी कार्यालय लमहीमा ४४ वटा, ईलाका प्रहरी कार्यालय अमिलियामा २१ वटा र वडा प्रहरी कार्यालय घोराहीमा ४२ वटा उजुरी दर्ता भएका थिए । ती मध्ये सवैभन्दा धेरै २६ देखी ३५ वर्ष उमेर समुहका प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया