२०८३ असोज ७ गते बुधवार

आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१७ साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेर सुन तोलाको दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।