२०८३ साउन १६ गते शनिवार

हिमपहिरोमा परी छ नेपालीसहित १० जनाको मृत्यु भएको पुष्टि

फोटो फाईल

काठमाण्डौ, १६ साउन । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ब्रोड पिक हिमालमा गत बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव हिजो शुक्रबार फेला परेको थियो । बाँकी बेपत्ता भनिएका छ जनाको शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्सदाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । दुवै कम्पनी निर्मल पुर्जाकै हुन् ।

हिम पहिरोमा घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्सदाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् । त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् ।सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए ।

उहाका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् ।हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो ।यसैविच प्रधानमन्त्री बालेन्द्र शाहले निर्मल पुर्जासहित सबै मृतक आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
प्रतिक्रिया