२०८३ साउन १७ गते आइतवार

सुनसरी र धनुषामा लगाइको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

फोटो फाईल

धनुषा, १६ साउन । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई हटाएको छ ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्तिमार्फत् आज बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिनुभएको छ । कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा लागू गरेको छ । यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिसहरू भेला हुन वा जम्मा हुन, हुलहुज्जत गर्न पाउने छैनन् ।

महेन्द्र राजमार्गमा गाडीहरु निर्वाधरुपमा संचालनमा रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । यसअघि गएको साउन १२ गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । गत साउन दश गते जिल्लाको देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा दुई समुह बिच झडपको घटनामा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । पिडित पक्ष र सरकार पक्ष विच भएको सहमतीमा प्रति परिवार दश लाखका दरले राहत दिने, सहिद घोषणाका लागी प्रक्रिया अघि बढाउने लगाएतका विषयमा सहमती भएको थियो ।
यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निकालेको विज्ञप्तिमा आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ । यसअघि गत विहिवार साउन १४ गते दिउँसो साढे ३ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज बिहान १० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ । कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोकसहित निषेधाज्ञा जारी छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्तिमार्फत् आज बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिनुभएको छ । कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम विभिन्न १० पालिकामा निषेधाज्ञा लागू गरेको छ । उता सिरहाको गोलबजारमा साउन १४ गते बिहिबार भएको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ। सरकारले पिडित पक्षलाई दश लाख रुपैया राहात दिने सहमती भएको छ ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
प्रतिक्रिया