दाङ , १३ साउन । प्रहरीले राज्यलाई कर छली गरी ल्याएका विभिन्न समान तथा बस्तुहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज विहिवार जिल्लाको राप्ती गाउँपालिका १ पुलचोक स्थित इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले पूर्व- पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा बिभिन्न गाडिहरुबाट बिलबिजक नभएको अन्दाजी १३ लाख बढि मुल्यको सामानहरु बरामद गरेको छ ।
कर छली गरी ल्याईएका आलु र प्याज गरी २ लाख ८३ हजार ५० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । यस्तै उहाका अनुसार प्रहरीले मोवाएलमा प्रयोग हुने विभिन्न सामानहरु पनि बरामद गरेको छ । प्रहरी चेकिङ टोलीले गाडीहरुमा चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको १० लाख ७५ हजार बराबरको मोबाइलका सामाग्री र मोबाइलहरू बरामद गरेको हो । बरामद गरिएका उक्त सामान तथा बस्तुहरुको बारेमा आबरुश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।





