२०८३ साउन १४ गते बिहिवार

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

दाङ,१४ साउन । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ । विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि विभागले उत्पादन क्षमता बढाएको हो । विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको छ ।

विभागका अनुसार पछिल्लो एक हप्तायता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढेको छ । त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भैरहेको विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरु प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया