२०८३ असोज ६ गते मङ्गलवार

कर्णाली प्रदेशमा नवनियुक्त मुख्यमन्त्री शाहीद्धारा सपथ ग्रहण

सुर्खेत, १४ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता समेत रहनुभएका शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिनुभएको हो । उहाँ कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ । शाहीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । शाहीलाई नेकपाका १४ र एमालेका १० गरी २४ जना सांसदको समर्थन छ । उहाँले पदभार सम्हाल्नुभएको छ ।

एमालेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल-प्रचन्ड)ले पछिल्लो राजनितिक घटनाक्रमलाई मध्येनजर गर्दै प्रदेश सरकारमा सहकार्य गर्ने सहमती सहित भागबण्डा गरेपछि कर्णाली प्रदेशमा नेकपाले मुख्यमन्त्री पाएको हो ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।