युवा, समाज निर्माणमा जुट्नुपर्छ : केसी

तुलसीपुर

संघिय सांसद हिराचन्द्र केसीले अबको युवा पुस्ता समाज निर्माणमा जुट्नु पर्ने बताएका छन् । समदर्शी युवा क्लव तुलसीपुर ३ ले रानागाउँमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद केसीले युवाको बलमा देशमा अभूतपूर्व परिवर्तन भएको भन्दै उहाँले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने जिम्मा पनि युवकै काँधमा आएको बताउनुभयो । पछिल्लो सयम नेपाली चाडपर्व भड्कीलो बन्न थालेको भन्दै सांसद केसीले हाम्रा परम्परागत पर्व र संस्कृतिलाई जोगाउन गलत संस्कृतिलाई चिर्नु पर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष यमन खड्काको अयक्षतामा भएको कार्यक्रममा नेकपाका नेता कलीभान रोका, मानबहादुर केसी, झबीलाल घिमिरे, रोमबहादुर राना, पदम खड्का, चेतमान सेजवाल, टेकराज केसी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया