तुलसीपुरमा चोरको विगविगी, फेरी ४ घरमा भयो चोरी

तुलसीपुर,२० कार्तिक ।

तुलसीपुर क्षेत्रमा गयराती फेरी ४ घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर ६ रजौरामा गएराती ४ घरमा चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार विष्णु बोहोरा ,ओपेन्द्र खड्का र अन्य दुई घरको भने यो समाचार तयार पार्दा सम्म नाम र ठेगाना प्राप्त भई सकेको छैन ।

घरधनीहरुको दशैं तिहार मनाउन गाउँमा गई कोहि नभएको मौका छोपी घरको ताला फोडेर चोरी गरेको प्रहरीको भनाई छ । चोरी के कति भएको भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । सो गाउँमा केहि दिन अघि पनि ४ घरमा चोरी भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया