पाल्पामा जिप दुर्घटना हुदा तिन जना घाईते

तुलसीपुर, १९ कात्तिक ।पाल्पामा जिप दुर्घटना हुदा तिन जना घाईते भएका छन् । जिल्लाको तानसेन नगरपालिका वडा नम्वर ८ डुम्रेबाट मस्याम तर्फ जादै गर्दा लु १ ज २३०१ नम्वरको जिप सोमवार अपरान्ह ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि तिनाउँ गाउँपालिका वडा नम्वर ६ का ३५ वर्षिय नरेन्द्र सिंह बगाले, सोहि ठाउँका ३१ वर्षिय कोपिला बगाले र रिप्दीकोट गाउँपालिका वडा नम्वर ६ बस्ने ३२ वर्षिया सरिता ठडराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाईते तिनै जनाको भैरहवा मेडिकल कलेजमा उपचारका लागी रिफर गरीएको प्रहरीले बताएको छ । घाईते मध्यले दुई जनाको अवस्था सामान्य र एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया