राप्ती अंचल अस्पताल नजिकै वृद्ध मृत फेला

तुलसीपुर १९
राप्ती अंचल अस्पताल नजिकै इलाका प्रहरी कार्यालय जाने सडकको छेउँमै एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाह्री जुङगा फुलेका, खैरो भेष्ट तथा घाँटीम रुद्राक्ष माला लगाएका र कम्बल ओछ्याएका करिब ७०/७२ बर्षको जस्तो देखिने ती वृद्ध मृत अवस्थामा भेटिएको प्रहरी हवलदार देबेन्द्र मल्लले जानकारी दिए । तुलसीपुर क्षेत्रमा करिब २ हप्ता देखि बेबारिसे अवस्थामा माग्दै हिड्दै गरेका वृद्ध जाडोले कठ्याङग्रीएर मृत्यु भएको हुन सक्ने प्रहरीेले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया