२०८३ साउन ५ गते मङ्गलवार

दाङको एक सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

तुलसीपुर, ४ साउन । दाङको लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बरामद गरिएको बन्दुकलाई इलाका प्रहरी कार्यालय अमिलियामा ल्याई राखिएको प्रहरीले जनाएको छ। उक्त बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया