२०८३ साउन ४ गते सोमवार

क्यान्सर पिडित युवतीद्धारा सहयोगको याचना

फोटो फाईल

तुलसीपुर, ३ साउन । जीवनका वसन्तहरू भर्खरै फुल्न सुरु गरेका थिए, तर २३ वर्षीया अमृता भण्डारी ९सुनार० का लागि भने समयले अर्कै मोड लियो। दाङको तुलसीपुर उपमहानगरपालिका–११, हस्नापुरकी अमृता यतिबेला ओछ्यानमा थलिनु भएको छ ।उहाको शरीरमा सल्किएको स्तन क्यान्सरले उहालाई जीवन र मृत्युको दोसाँधमा पुर्‍याएको छ । हाहा भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचाररत छिन्, जहाँ उनी हरेक पल मृत्युसँग पञ्जा लडिरहनु भएको छ।

एक्लोपन र सामाजिक चोट अमृताको यो लडाइँ केवल रोगसँग मात्र होइन, सामाजिक तिरस्कार र अभावसँग पनि हो। आठ वर्षअघि उहाले अन्तरजातीय विवाह गरेकी थिइन्। तर, प्रेमको यो बाटो उनका लागि सहज रहेन। विवाह भएको आठ वर्ष बितिसक्दा पनि उहाले माइती पक्षबाट स्वीकारोक्ति पाउन सक्नु भएको छैन ।यस्तो गम्भीर बिरामीको अवस्थामा समेत माइती परिवारबाट कुनै साथ, सहयोग वा सम्बन्ध स्थापित हुन नसक्नुले उनको पीडामा थप मलहमको सट्टा नुनचुक छर्केको छ । आर्थिक अभावको पहाड उपचारका लागि चिकित्सकहरूले २० देखि २५ लाख रुपैयाँ लाग्ने बताएको उहाका आफन्तीले बताएका छन् । तर, अमृताको परिवारका लागि यो रकम एउटा अग्लो पहाड जस्तै बनेको छ। उहाका पति सवारी चालक हुन् ।

सामान्य आर्थिक अवस्था भएको यो परिवारका लागि लाखौँ रुपैयाँ जुटाउनु असम्भव जस्तै भएको छ। एकातिर बढ्दो उपचार खर्च र अर्कोतिर रित्तिँदै गएको गोजीले परिवारलाई मर्माहत बनाएको छ  छोरीका लागि बाँच्ने चाहना अमृताको मनमा आफ्नो भन्दा बढी आफ्नी चार वर्षीया छोरीको चिन्ता छ। आमाको काख खोज्ने उमेरमा छोरीले आमालाई अस्पतालको शय्यामा देख्नुपर्ने बाध्यता छ। अमृता भावुक हुँदै भन्नुहुन्छ, “मेरो एक्लो ज्यान मात्रै भएको भए मलाई आफ्नो जीवनको यति धेरै माया हुने थिएन। तर मेरी चार वर्षकी छोरीका लागि भए पनि म बाँच्न चाहन्छु। कृपया मलाई बचाइदिनुहोस्”। यो एउटी बिरामीको मात्र होइन, एउटी आमाको चित्कार हो, जो आफ्नी सन्तानलाई टुहुरो छोडेर जान चाहन्नन्। सहयोगको अपिल अमृताको जीवन बचाउन अहिले परिवार र शुभेच्छुकहरूले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूसँग आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया