२०८३ साउन ४ गते सोमवार

आज सुन तोलामा १९०० रुपैयाले मुल्य बढ्यो

फोटो फाईल

काठमाण्डौ, ३ साउन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार र चाँदी तोलाको चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुन तोलामा दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया