दङ,१ साउन ा । पछिल्लो तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् भने १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुईजना बेपत्ता भएका छन् । ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका जनाएको छ । उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको छ । ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ ।
पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् । चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको छ । वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । बाढीका १६१ घटनामा नौजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् । लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु भएको छ । ३५ जना अझै अस्वस्थ छन् । ढुंगा खसेर भएको एक घटनामा दुईजनाको ज्यान गएको छ । तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।






