२०८३ साउन १ गते शुक्रवार

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, जनतालाई शिक्षा, स्वास्थ्य र विद्युत महशशुलमा थप कर लागु

सांकेतिक तस्विर

काठमाण्डौ, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८३र०८४ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुुरुसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ । नयाँ बजेटको व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएको छ । बजेटमा भएको व्यवस्थाअनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ । सबैभन्दा बढी प्रभाव शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ ।अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ थपिनेछ । त्यसैगरी सरकारी अस्पतालबाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने व्यवस्था लागू भएको छ ।

यस्तै घरायसी ग्राहकले ५० युनिटभन्दा बढी बिजुली खपत गरेमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा १३ प्रतिशत भ्याट यथावत् लागू भएको छ । चुरोट, सुर्ती, खैनी, गुट्खा, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा बढेको अन्तःशुल्क पनि आजदेखि लागू भएको छ । उच्च क्षमताका विलासितापूर्ण गाडी र केही बहुमूल्य धातु तथा गहनामा बढेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ । यद्यपि उद्योगलाई प्रोत्साहन गर्न २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने ३६० प्रकारका औद्योगिक प्रयोजनका वस्तुबाट अन्तःशुल्क हटाइएको सरकारले जनाएको छ ।

सेयर बजारमा पनि नयाँ पुँजीगत लाभकर लागू भएको छ । अब एक वर्षभन्दा बढी स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत कर लाग्नेछ । आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पु¥याइएको छ । वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले अब १ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ । अधिकतम आयकर दर पनि घटाएर २९ प्रतिशत कायम गरिएको छ । यस्तै, राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर ९प्यान० अनिवार्य गरिएको छ । साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
प्रतिक्रिया