कुटपिट गरी फरार भएका एक व्यक्ति ५ वर्ष पछि पक्राउ

तुलसीपुर १८ कात्तिक । कुटपिट गरी फरार भएका एक जनालाई प्रहरीले ५ वर्ष पछि आईतवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान सारदा नगरपालिका वडा नम्वर ४ का ३१ वर्षिय देवेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । कुटपिट गरी फरार रावतलाई अदालतले २०७० जेठ १५ गते एक हप्ताको कैद र जरिवाना फैसला सुनाएको थियो ।
लुकीछिपी बस्दै आएका अभियुक्तलाई पक्राउ गरी सजाय भक्तानका लागी रावतलाई अदालत उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया