२०८३ असार ३२ गते बिहिवार

आज सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

फोटो फाईल

काठमाण्डौ, ३२ असार । आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो चार हजार ४१५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया