भेरीको टोकाईबाट तुलसीपुरमा तीन जना घाइते

तुलसीपुर १८ कात्तिक
दाङको तुलसीपुरमा भेरीको टोकाईबाट तीन जना घाइते भएका छन् । एक्कासी आएको भेरीले भमके खोला नजिकै खेतमा काम गर्दै गरेका किसान र वस्तुभाउ चराउन गएकालाई समेत टोकेको जया पाण्डेले जानकारी दिएकी छन् । उनका अनुसार वस्तुभाउलाई पनि भेरीले टोकेको छ । भेरीको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका ८ का सुदिव बुढाथोकी, लालबहादुर शार्की, गोपीलाल बस्नेत घाइेत भउका छन् । घाइतेको अहिले अश्वारामा रहेको शहरी स्वास्थ्य प्रवद्धर्नन केन्द्रमा उपचार भइरहेको छ । भेरीको टोकाईबाट अन्य पनि घाइते भएको आसंका गारिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया