२०८३ असार ३० गते मङ्गलवार

स्वतन्त्र मजदुर संगठनको बैठक सम्पन्न

तुलसीपुर, ३० असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङको बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षता एवं संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले संगठनको विस्तार, क्रियाशिल र आगामी आर्थिक वर्षको योजनाको बारेमा छलफल भएको हो ।

सो अवसरमा संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र बहादुर वली, संगठनका केन्द्रीय सदस्य कालीबहादुर योगी, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हुमबहादुर क्षेत्री, जिफन्ट दाङका अध्यक्ष केशवबहादुर भण्डारी, लुम्बिनी प्रदेश सहसचिव परशुराम चौधरी लगाएतको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकको सहजीकरण संगठनका कोषाध्यक्ष खिम बहादुर डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया