आचार्यको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली

तुलसीपुर , १८ कात्तिक ।तत्कालिन नेकपा एमाले तुलसीपुर ७ वडा कमिटिको आयोजनामा सोहि वडाका नवलपुर निवासी स्वर्गिय केदार प्रसाद आचार्यको १३ औ दिनको पुण्यतिथिमा आईतवार श्रद्धान्जली सभा सम्पन्न भएको छ । तत्कालिन वडा कमिटिका अध्यक्ष प्रेमचन्द गैरेको अध्यक्षता एवं नेकपाका नेता शोभाराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश नम्वर ५ का सांसद रेवतीरवण शर्माको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा बोल्ने बक्ताहरुले स्वर्गिय आचार्यले पार्टी प्रति गरेको योगदानको चर्चा गरेका थिए ।साथै उनीहरुले आचार्यको निधन प्रति दुख व्यक्त गरेका थिए । सो अवसरमा नेकपाका नेता पिताम्वर आचार्य र डिएल भण्डारी लगाएतले श्रद्धान्जली व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शंकर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया