२०८३ असार २८ गते आइतवार

सहकारीलाई रोजगारी र उत्पादनसंग जोड्नुपर्छ : नगरप्रमुख खड्का

तुलसीपुर, २८ असार । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सहकारीलाई रोजगारी र उद्यमशिलता संग जोड्न सक्नुपर्नेमा जोड दिनु भएको छ । तुलसीपुर कृषि वन उद्यम सहकारी संस्थाको आज तुलसीपुरमा भएको दोस्रो साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खड्काले नागरिकहरुलाई सहकारीको माध्यमबाट जोडेर रोजगारी, उद्यमशिलता र उत्पादनमुखी बनाउनुपर्ने बताउनुभयो ।उहाले रासायनिक मल वितरण गरेर मात्रै सहकारीको प्रगती र विकास नहुने भन्दै यसलाई आर्थिक लगानी संग जोडेर उत्पादनमुखी बनाउनुपर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष शोभा विकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार श्याम डाँगीले संस्थालाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले संस्थाको उद्देश्य अनुसार गतिविधि संचालन हुन नसकेको बताउदै आगामी दिनमा योजना बनाएर काम गर्न सुझाव दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्री,ग्रिन फाउण्डेशन दाङका अध्यक्ष विष्णुदेव केसी, संस्थाका सेयर सदस्य तथा नेपाल रेडक्रस जिल्ला सोसाईटी दाङका सदस्य सिमा न्यौपाने लगाएतले बोल्नु भएको थियो । संस्थाका सदस्य कलिभान वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गणेस भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया