२०८३ असार २८ गते आइतवार

वडा सदस्य बुढाथोकीले भने मलाई अपराधी बनाए

फोटो फाईल

तुलसीपुर ,२७ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले आफुलाई अपराधी बनाएको अभिव्यक्ति दिनुभएको छ । घोराहीको पदमोदय माध्यमिक विद्यालयको बिब्यस गठन निर्वाचनको बिषयलाई लिएर शिक्षा अधिकृत अजय बोहोरामाथी दुर्व्यवहार गरि बिबादित बनेका बुढाथोकीले शैक्षिक माफिया र सिण्डिकेटसङ्ग मिलेर अपराधी बनाईएको उल्लेख गर्नुभएको छ । उहाले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्दै शैक्षिक माफिया र सिण्डिकेट सङ्ग मिलेर आज अपराधी बनाएको उल्लेख गर्नुभएको छ ।

आफूले गरेको कानुन उल्लङ्घनको सजाय भोग्न तयार रहेको उल्लेख गर्दै सम्बन्धित निकायमा उपस्थित हुने उहाको भनाई छ । उहाले पटक–पटक ऐन, नियम र कानुनविपरीत काम नगर्न आग्रह गर्दा पनि सम्बन्धित पक्षले त्यसबारे कुनै छलफल नगरेको तथा गैरजिम्मेवार अभिव्यक्ति दिइएको आरोप लगाउनु भएको छ। निर्वाचन प्रक्रिया कानुनविपरीत अघि बढाइएको दाबी गर्दै त्यसमा संलग्न जिम्मेवार पदाधिकारीमाथि पनि कानुनी जवाफदेहिता हुनुपर्ने उहाको माग छ।

उक्त अभिव्यक्तिमा नगर प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रधानाध्यापक तथा निर्वाचन अधिकृतलाई यस अवस्थाको जिम्मेवार भएको आरोप लगाइएको छ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया