२०८३ असार २८ गते आइतवार

घोराहीमा वडा सदस्यद्धारा शिक्षा अधिकृत माथी दुव्र्यवहार, प्रहरीमा उजुरी दिने तयारी

तुलसीपुर, २७ असार । दाङको घोराहीमा एक विद्यालयको विषयमा वडा सदस्यले शिक्षा अधिकृत माथी दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी -उत्तम)ले शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उक्त घटना पद्मोदय पब्लिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भएको हो । प्रहरीका अनुसार वडा सदस्य बुढाथोकीले निर्वाचन नगराउन भनेको तर आज शनिवार विहान निर्वाचन प्रक्रिया सुरु भएपछि सो घटना भएको हो ।

घटना पछि पिडित पक्ष प्रहरीको सम्पर्कमा आएको र जाहेरी दिने तयारी गरेको डिएसपी तथा प्रशरी प्रवक्ता डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । उहाले पिडित पक्षले जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाईने बताउनुभयो । वडा सदस्य बुढाथोकीले दुव्र्यवहार गरेको धिडियो आफैं सामाजिक सन्जालमा पोष्ट गरेपछि सार्वजनिक भएको हो । भिडियोमा मोटरसाइकलमा सवार शिक्षा अधिकृत बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको प्रष्ट देखिन्छ । बुढाथोकी २०७९ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया