२०८३ असार २७ गते शनिवार

सरकारले नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

फोटो फाईल

काठमाण्डौ,२७ असार । सरकारले पर्सि सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमवारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गर्न लागको जानकारी दिनुभयो ।

केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भएपनि सहज सेवा उपलब्ध गराउन प्रयास भैरहेको उहाँले बताउनुभयो । छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पु¥याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ ।

जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरु भएको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । जो जहाँ बसेको भएपनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया