३७ किलो चरेश सहित ३ जना पक्राउ

तुलसीपुर १८ कात्तिक
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले ठूलो परिमाणमा अबैध लागुऔषध चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अनुसन्धानको टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका १६ बेलासको शान्ति चोक स्थित महेन्द्र राजमार्गको किनारबाट ३७ किलो अबैध लागुऔषध चरेश सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका – ९ निबासी ३४ बर्षका जनक घर्ती, अर्घखाँचीको पाणिनी गाउँपालिका –५ निबासी ४० बर्षका टिकारबहादुर रासकोटी र कपिलवस्तुको बाणगंगा नगरपालिका– २ निबासी नहारी थारु रहेको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई अबैध लागुऔषध ओसारपसार ऐन अन्र्गत मुद्दा चलाईने प्रनाउ मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया