२०८३ असार २४ गते बुधवार

प्रतिनिधिसभा बैठक भोली सम्मका लागि स्थगित

फोटो फाईल

काठमाण्डौ,२४ असार । प्रतिनिधिसभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ। बुधबार १५ मिनेटका लागि रोकिएको बैठक बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम व्यस्त भएकाले बैठक स्थगित गरिएको बताइएको छ।

असार २४ गते बुधवार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक भोलिसम्मका लागि सारेको सङ्घीय संसद् सचिवालयले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया