तुलसीपुर १८ कात्तिक
जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधिक कृयाकलापका विरुद्ध थालिएको अभियानमा उलेख्य प्रगति गरेको दाबी गरेको छ । साउन महिनाको अन्तिम शाता देखि हाल सम्म सोचे भन्दा ठूलो उपलब्धी हासील गरेको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
प्रहरीको प्रगतिको सूचिमा ६० किलो ग्राम अबैध लागुऔषध चरेश सहित पाँच जना, ज्यान मारेर ७ बर्ष अघि भागेको फरार एक जना, अटोमेटिक पेस्तोल सहित एक जना, प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक जना , रिभलबर पेस्तोल सहित एक जना पक्राउ पक्राउ परेका छन् ।
त्यसैगरी विभिन्न समयमा जुवा खेलेको आरोपमा लाखौ रकम सहति ३८ जना, करोडको चिठ्ठा परेको भन्दै गठी गर्ने दुई जना , जबरजस्ती करणी गर्ने एक जना, अबैध लागु औषध गाँजा सहति ३ जना र १७ लाखको रिचार्ज कार्ड सहति एक जना पक्राउ परेका छन् । गत साउन २८ गते जिल्ला प्रहरी प्रमुखके जिम्मेवारी सम्हाल्ने गरी दाङ आएका
उपरिक्षक शर्माले छोटो समयमा दाङमा धेरे काम गरेको बताएका छन् । उनको प्रधरी प्रधान कार्यालयले शुक्रबार राति एकाएक सरुवा गरेपछि आफु रहदा गरेका कामको प्रगति सार्वजनिक गरेका हुन् ।