२०८३ असार २३ गते मङ्गलवार

दाङमा लागुऔषध सहित एक जना पक्राउ, १३ किलो ३५० ग्राम बरामद

फोटो फाईल

दाङ, २३ असार। दाङको गढवा गाउँपालिका–७ बाट प्रहरीले १३ किलो ३५० ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ निवासी ३१ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । चौधरीलाई असार २१ गते राति करिब ९ः३० बजे सोहि ठाउँबाट गाँजा सेवन गरीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरी माथी आबश्यक अनुसन्धान गर्दा मंगलवार विहान घरमा खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको १३ किलो ३५० ग्राम गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता तथा डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभभयो । उहाका अनुसार प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आबश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया