काठमाण्डौं,२३ असार । आज पनि सुनचाँदीको भाउ घटेको छ ।आज सुनको भाउ तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, हिजो तोलामा २० रुपैयाँ र अस्ति १० रुपैयाँले घटेको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार






