फोटो फाईल
काठमाण्डौ, १९ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज एकैदिन सुन तोलामा ७ हजार २०० रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा १६५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार






