२०८३ असार १८ गते बिहिवार

विश्वकप फुटबलको नकआउट चरणमामा भोलि पोर्चुगल र क्रोएशिया खेल्दै

काठमाण्डौं,१८ असार । फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ । पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस्तै यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ । त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया