फोटो फाईल
काठमाण्डौ, १६ असार । साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
रियादमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ । मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार






