२०८३ असार १५ गते सोमवार

असार १६ र १७ गते देशका अधिकांश भागमा भारी वर्षा हुने

फोटो फाईल

काठमाडौ ,१४ असार । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ।

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया