बिजौरी हत्याकाण्डको सम्झनामा विभिन्न कार्यक्रम हुदै

तुलसीपुर, १६ कार्तिक 

नेपाल कम्युनष्टि पार्टी नेकपा दाङ र पूर्व युवा विद्यार्थी समाज दाङले विजौरी हत्या काण्डमा मारिएकाहरुको सम्झनामा भोली शनिवार तुलसीपुरमा सहिद स्मृति दिवस मनाउन लागेको छ । तुलसीपुर उद्योगाबाणिज्य संघको सभाहलमा दिनको ११ बजे कार्यक्रम हुन लागेको नेता टीकाराम खड्काले बताए । कार्यक्रमलाई  नेकपाका   नेता तथा  मार्क्सवादका व्याख्ता घनश्याम भुसालले सम्बोधन गर्ने आयोजकले बताएको छ ।

२०५१ को मध्यावधि निर्वाचनका क्रममा तत्कालिन एमालेद्धारा आयोजना गरिएको जुलुसमा तत्कालिन सत्ताधारीहरुको गोली प्रहारबाट स्थानीय नारायण चौधरी, पुष्प घिमिरे र कृष्ण चौधरीले साहदत प्राप्त गरेका थिए । तुलसीपुरमा कार्यक्रम गर्नु पूर्व बिजौरीमा पुगी सहिदहरुको शालिकमा माल्र्यापण गरिने छ । शुक्रवार संयुक्त विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि सवै दंगाली कम्युनिष्टहरुलाई अपील गरिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया