खाद्य संस्थान तुलसीपुरद्धारा सहुलियतको चामल : प्रतिक्वीन्टलमा पाँच सय छुट

लक्ष्मण विश्वकर्मा , तुलसीपुर १६ कात्तिक ।नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले झन्डै एक महिनाको अवधीमा साढे ३३ क्वीन्टल खाद्यन्न विक्रि गरेको छ । संस्थानले बडा दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यस वर्ष दाङमा सहुलियत दरमा खाद्यान्न विक्रि गर्न सुरु गरेको थियो ।
गत असोज १७ गते देखि खाद्यान्न विक्रि सुरु गरेको संस्थानले कात्तिक १३ गते सम्मको तथ्याङक हेर्दा जिरा मसिना चामल २२ क्वीन्टल ५० के.जी र सोना मनसुली १० क्वीन्टल ८० के.जी चामल विक्रि गरेको अन्चल कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिएका छन् ।
सरकारले खाद्य संस्थान मार्फत अन्य जिल्लामा यस अघि सहुलियतमा चामल विक्रि गदै आएपनि दाङमा पहिलो पटक भएको उनको भनाई छ ।उनका अनुसार दाङमा ५ सय क्वीन्टल चामल सहुलियत दरमा विक्रि गर्नका लागी राखीएको छ ।
चाडपर्वको समयमा सर्बसाधरणलाई केहि सहुलियत होस भन्ने उद्देश्यले विक्रि गर्न सुरु गरीएको कार्यालयले बताएको छ । तर उद्देश्य अनुसारको चामल विक्रि नभएको कार्यालय प्रमुख मिश्रले बताएका छन् । कार्यालयका अनुसार जिरा मसिना प्रतिन्वीन्टल ५ हजार ६ सय रुपैया मुन्य भएता पनि प्रतिक्वीन्टल पाँच सय रुपैया छुट गरी ५ हजार १ सय रुपैयामा विक्रि गरीएको छ ।
यस्तै सोना मनसुली प्रतिन्वीन्टल ४ हजार ६ सय रुपैया मुल्य निर्धारण भएतापनि पाँच सय रुपैया छुट गरी ४ हजार १ सय रुयैपामा विक्रि गरीएको छ । त्यस्तैगरी जिरा मसीना २५ केजीको प्रतिबोरा १ हजार २ सय ९५ रुपैया र सोना मनसुली ३० केजीको प्रतिबोरा १ हजार २ सय ५० रुपैयामा विक्रि भईरहेको कार्यालयले जानकारी दिएको छ । सोना चामल विरगन्ज र जिरा चामल लहानबाट ल्याईएको हो । यहि कात्तिक २७ गते सम्म विक्रि गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया