बलात्कारपछि हत्या गर्ने युवक सल्यानमा पक्राउ

तुलसीपुर १५ कार्तिक

एक महिलालाई बलात्कारपछि पाशविक तरवरले हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सारदा नगरपालिका –८ सिमखर्क निबासी ५० बर्षीया केवली नेपालीलाई बलात्कार पछि हत्या गरेको आरोपमा सोही ठाउँ निवासी १९ बर्षीय बच्छु भन्ने बीरबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । आरोपीले मृतकलाई दुई पटक यौनसम्पर्क गरेको र विहान २ बजे डोरीले घाँटी कसेर ढलेपछि चक्कुले घाँटी रेटेर हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ ।
‘ निज व्यक्तिले रातको समयमा घरमा पसी मृतको घाँटी समातेर चक्कु देखाई पैसा माग्न थालेपछि म संग पैसा छैन छिमेकीलाई राख्न दिएकी छु मलाई नमार भोली पैसा दिन्छु यतै बस भन्दै हातपाउ जोडीछन् ,’ प्रनाउ शाहीले भने ‘ राती सोही घरमा रहेको रक्सी खाई दुई पटक यौन सम्पर्क समेत गरी छोरालाई भन्दीन्छेकी भन्ने डरले अपराधबाट बच्न विहानी पख महिलाको हत्या गरेछ ।’ घटना भएको जानकारी पाएपछि गम्भिर अनुसन्धान थालेको प्रहरीले गाउँघरमा आरोपीको चालचलनका आधारमा नियन्त्रणमा लिइ सोधपुछ गर्नेक्रममा घटना गराएको स्वीकार गरेको प्रहरीले बताएको छ । घटना गत असोज २५ गते भएपनि प्रहरीले घटनाको पुष्टि गरेपछि ढिलो गरी सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया