राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

काडमाडौ , १५ कात्तिक ।कतारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । १२ गते कतार भ्रमणका लागि जानु भएका राष्ट्रपति आज दिउँसो फर्किने कार्यक्रम रहेको छ । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जानु भएको थियो ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर गर्नु भएको छ । नेपाली कामदारलाई फाइदा पुग्ने गरि यसअघि भएको श्रम सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया