२०८३ जेष्ठ ३० गते शनिवार

 बालश्रम अन्त्यका लागि साझा प्रतिबद्धता : तुलसीपुरमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न

 तुलसीपुर, जेठ २९ ।  विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा दाङको तुलसीपुरमा बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।“बालश्रमलाई रातो कार्ड : बालबालिकाका लागि न्यायपूर्ण बाल्यकाल, वयस्कका लागि सम्मानजनक रोजगारी” भन्ने अन्तर्राष्ट्रिय नारासहित  कार्यक्रम आयोजना गरिएको हो।  कार्यक्रममा कार्यबाहक नगर प्रमुख माधव वलीले बालश्रम अन्त्यका लागि स्थानीय तह, अभिभावक, शैक्षिक संस्था तथा समुदायबीचको साझा पहल अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो ।

सहभागीहरूले बालबालिकालाई श्रममा होइन, शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुली  लगायतले बोल्नु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल व्यवसायी समिति, यातायात व्यवसायी समितिका प्रतिनिधि, नगर बाल सञ्जाल, विभिन्न संघसंस्था तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा बालअधिकारकर्मी नवराज लामिछानेले  कार्यक्रमका बिषयमा प्रष्ट गराउनु भएको थियो  भने कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक बिकाश शाखा प्रमुख  माया श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया