दाङ, २९ जेठ । दाङमा एक साताको अवधिमा विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न समयमा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा जेठ २१ गतेदेखि २८ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत मा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट कुल ९ हजार ३ सय रुपैयाँ जरिवाना असुल गरी ६ वर्ष २ दिन कैद सजाय कार्यान्वयन हुने जनाइएको छ। प्रहरीले फरार प्रतिवादी पक्राउ तथा अदालतका फैसला कार्यान्वयनलाई निरन्तर प्राथमिकतामा राखी अभियान सञ्चालन गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार






