परामर्श समितिको बैठक सम्पन्न

तुलसीपुर, १४ कार्तीक । निर्वाचन क्षेत्र नं. ३ स्थानिय विकास पूर्वाधार साझेदारी परामर्श समितिको बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । परामर्श समितिको बैठकमा प्रतिनिधिसभा सदस्य तथा समितिका संयोजक हिराचन्द्र केसीलाई योजनाका बिबरण बुझाउने निर्णय भएको छ । योजनाको बिबरण राष्ट्रिय सभा सदस्य, प्रदेश सांसद, स्थानीय तहका प्रमुखले समितिका संयोजक हिराचन्द्र केसीलाई बुझाउने र त्यसपछि बैठक बस्ने जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी तथा समितिका सदस्य सचिव कृष्ण गौतमले जानकारी दिनुभयो । योजनाको बिबरण बुझाएपछि निर्देशक समितिको बैठक बसी योजनाको छनौटगरि कार्यान्वयनमा लैजाने सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।
निर्देशक समितिमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कृष्ण गौतम रहने व्यवस्था छ । निर्देशक समितिले नै योजनाको टुङ्गो लगाउने छ । निर्देशक समितिको बैठक चार दिनपछि बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य केसीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सांसद त्रय उत्तरकुमार वली, डिल्लीबहादुर चौंधरी, धमकली चौंधरी, जिल्ला समन्वय मितिका उपप्रमख श्रीधर शर्मा पौडेल, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया