२०८३ जेष्ठ ३० गते शनिवार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

फोटो फाईल

काठमाण्डौ, २९ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ।

समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उहाको सचिवालयले जनाएको छ। सुधन गुरुङ गृहमन्त्री पुनः नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सरकारले सुधन गुरुङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसमेत बनिसकेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया