तुलसीपुर क्षेत्रका दुई घरबाट नगद सहित सुन चोरी

तुलसीपुर, १४ कात्तिक । तुलसीपुर क्षेत्रबाट गएराती दुई घरमा चोरी भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर ६ रजौरा स्थित हिमाल बोर्डिङ स्कुल नजिकै दुई वटा घरमा चोरी भएको छ । सोहि ठाउँका केसर वली र पिङकी गुप्ताको घरबाट गएराती चोरी भएको प्रहरीले बताएको छ ।
वलीको घरबाट ३५ हजार रुपैया नगद सहित एक तोला सुन र गुप्ताको घरबाट ४० हजार रुपैया नगद र सुन चोरी भएको बताईएको छ । प्रहरीका अनुसार उनीहरुको घरमा कोहि नभएको अवस्थामा चोरी भएको हो । प्रहरी अहिले चोरी भएको स्थलमा पुगेर अनुसन्धान भईरहेको बताईएको छ । रातीको समयमा कतिबेला चोरी भएको हो भन्ने कुरा अहिले जानकारीमा नआएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया