२०८३ जेष्ठ २८ गते बिहिवार

तुलसीपुरको १९औँ नगरसभा- असार ५ गते निति र ८ गते बजेट प्रस्तुत हुने

फोटो फाईल

तुलसीपुर, २८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको १९औँ नगरसभा आगामी असार ५ गतेदेखि सुरु हुने भएको छ। उपमहानगरपालिकाको आज बसेको ४८औँ कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम असार ५ गते नगरसभामा प्रस्तुत गर्ने र असार ८ गते बजेट पेश गर्ने निर्णय गरेको हो।

नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी असार १० गते १९ औँ नगरसभाबाट पारित गर्ने कार्यतालिका समेत तय गरेको छ।बैठकले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि तयार गरिएको नीति तथा कार्यक्रम नगरसभामा पेश गर्ने गरी अनुमोदन गरेको उपमहानगरपालिकाले  जनाएको छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडालाई एक करोड रुपैयाँका दरले बजेट सिलिङ उपलब्ध गराएको छ। सोही आधारमा वडाहरूले स्थानीय आवश्यकता अनुसार योजना तथा कार्यक्रम छनोट गरी असार ५ गतेभित्र नगरपालिकामा पेश गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया