२०८३ जेष्ठ २७ गते बुधवार

घोराही ४ का वडा अध्यक्ष मुनाल सहित एमालेका ८ जना वडा अध्यक्षको पद खारेज

फोटो फाईल

दाङ, २७ जेठ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडा अध्यक्षहरूको पद खारेज भएको घोषणा गरेको छ। आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो। आयोगका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा-मुनाल घिमिरे)को पद खारेज भएको छ ।

उहा २०७९ सालको स्थानिय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । ओखलढुङगाको मोलुड गाउँपालिका १ का वडा अध्यक्ष कमल बहादुर बानिया र चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष शुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका १ का वडा अध्यक्ष राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका ७ का वडा अध्यक्ष होमप्रसाद बजगाई , मोरङको लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ र रंगेली नगरपालिका १ का वडा अध्यक्ष महेश कुमार खनालको पद खारेज भएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा -१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको थियो। सोही सिफारिसका आधारमा निर्वाचन आयोगको जेठ २६ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको सुचना जारी गरेको हो।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार
प्रतिक्रिया