काठमाण्डौ, २६ जेठ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ ।
उहाहरू दुवै जनाको सरकारमा दोस्रो इन्ट्री हुनेछ । गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त हुनु भएको थियो। वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नु भएको थियो । उहाले राजीनामा दिएर गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचन लड्नु भएको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार






