राप्ती नदीमा फेला परेको शवको एक हप्ता पछि सनाखत

तुलसीपुर, १४ कात्तिक । गत कात्तिक ७ गते राप्ती नदी किनारमा फेला परेको शवको एक हप्ता पछि पहिचान भएको छ । सनाखत हुनेमा प्यूठान झिमरुक गाउँपालिका २ बादीकोट घरभई हाल नबलपरासीको बर्दघाट नगरपालिका १ का ४० बर्षीय शिबबहादुर रोका रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्र पाण्डेले जानकारी दिएका छन् ।
गत कात्तिक ७ गते भालुबाङ स्थित राप्ती नदीको तडबन्धमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । मृतकका भाई चेतबहादुरले मंगलवार आफनो दाई भएको पुष्टि गरेपछि पहिचान खुल्न आएको प्रहरी निरीक्षक पाण्डेले बताएका छन् । पोष्टमार्टम रिपोर्ट र ल्याव परीक्षण रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने उनको भनाई छ । साथै उनले केहि सन्चार माध्यममा फेला परेको मिति फरक सार्वजनिक भएको र त्यस सुचनामा आफनो नाम जोडिएको बताउदै आफुलाई उक्त शव फेला परेको जानकारी कात्तिक ७ गते मात्र भएको बताएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया